दफा ७
महानिर्देशकको काम, कर्तब्य र अधिकार
महानिर्देशकको काम, कर्तब्य र अधिकार देहाय
बमोजिम हुनेछः–
(क) नेपाल ………. भित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित,
ब्यवस्थित र नियन्त्रण गर्ने, गराउने ।
(ख) विदेशीहरुलाई पदयात्रा गर्न अनुमति दिने ।
(ग) तोकिए बमोजिमको भिसा जारी गर्ने तथा भिसाको म्याद थप गर्ने ।
(ग१) खण्ड (ख) बमोजिम दिइएको पदयात्रा अनुमति वा खण्ड (ग) बमोजिम जारी
गरिएको वा म्याद थप गरिएको भिसा तोकिए बमोजिमको अवस्थामा रद्द गर्ने ।
(घ) नेपाली नागरिकको आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने ।
(ङ) श्री नेपाल सरकारले समय समयमा दिएको निर्देशन अनुसार अन्य काम गर्ने,
गराउने ।